धार्मिक आस्थामाथि आक्रमण गर्नु हो
![]() |
Dr. Bal Krishna Sharma |
आज विश्वमा छुट्टाछुट्टै संघ संस्थाहरु एकसाथ आउने क्रम जारी छ । एरलाइन्सहरु बैँकहरु र अन्य विविध संस्थाहरु एकै ठाउँमा आएर एकसाथ अगाडि बढ्ने संकल्प गरिरहेका छन् । स्रोत र साधनहरुलाई बुद्धिमानीपूर्वक परिचालन गर्नका लागि यसो गर्ने गरिन्छ । एकिकृत मार्कसिस्ट र लेनिनिष्ट पार्टी र माओवादी केन्द्र एकतामा आई अहिले नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको छ । यस किसिमको पहल सकारात्मक हुँदाहुँदै पनि यसलाई अगाडि बढाउने कुरा चुनौतीपूर्ण नै छ । यस चुनौतीलाई हेक्का राख्दै नेतृत्ववर्गले संयम अपनाई यस एकतालाई सफलतामा परिणत गर्नैपर्ने हुन्छ । एकता गर्नुभन्दा पनि एकतालाई कायम राख्नु बढी चुनौतीपूर्ण मानिन्छ । यो एकता सफल होस् भन्ने शुभकामना छ । नेपाल कम्युनिष्ट पार्टीको सरकार अहिले अस्तित्वमा छ र यसको सुशासनाको अनुभवको अपेक्षा हामीले राखेका छौँ । सरकारले सबै दल धर्म र जातिसँग समान व्यवहार गर्नेछ भन्ने हाम्रो अपेक्षा छ । देशको नागरिकले यस किसिमको अपेक्षा राख्नु कुनै अनौठो कुरा होइन । प्रत्येक नागरिकले यो अपेक्षा गर्नसक्छ र गर्नुपर्छ ।
केे्ही दिनहरुका फरकमा नेपालका विभिन्न स्थानहरुमा आस्थाको केन्द्र चर्चहरुमा बम हान्ने र चर्च जलाउने गतिविधि भइरहेका छन् । यस किसिमका क्रियाकलापले सामाजिक र धार्मिक सौहार्दतामा बाधा पुर्याइरहेको छ । कुनै पनि धर्मको धार्मिक स्थललाई विनाश गर्नु भनेको धार्मिक आस्थामाथि आक्रमण गर्नु हो । यस किसिमका क्रियाकलाप गराउनेहरुलाई पत्ता लगाई कानूनअनुसार दण्डित गर्नुपर्ने हुन्छ । हरेक धर्मका अनुयायीहरूले आफ्नो विश्वास अरूहरूलाई बाँडन पाउँछन् । आज पश्चिमी मुलुकहरुमा पनि हिन्दूधर्म र अन्य धार्महरुलाई खुलेआम प्रचार गर्न पाइन्छ र धार्मिक स्वतन्त्रताले त्यो अधिकार प्रदान गर्छ । स्वतन्त्र रुपमा एक व्यक्तिले आफूले अभ्यास गर्न चाहने आस्थालाई छान्नसक्छ । नेेपालका राजनीतिक दलहरू धार्मिक समूहहरु र सामाजिक समूहहरुलाई मेरो आग्रहचाहिँ यो छ कि हामी सबैलाई धार्मिक स्वतन्त्रता दिऊँ र कसैलाई पनि धार्मिक आस्थाका कारण सतावट नगरौँ र अन्याय नगरौँ । हामी सबै मानवजाति परमेश्वरका स्वरुपमा बनिएका प्राणीहरू हौँ । हामी परमेश्वरको स्वरूपमा बनाइएका हुनाले हामी एक अर्कालाई आदर र सम्मान गरौँ र मिलापमा बसौँ । येशू ख्रीष्टले हामीलाई यो शिक्षा दिनुभएको छः
१ धन्य आत्मामा दीन हुनेहरू स्वर्गको राज्य तिनीहरूको हो । २ धन्य शोक गर्नेहरु तिनीहरूले सान्त्वना पाउनेछन् । ३ धन्य नम्रहरु किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन् । ४ धन्य धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरू किनभने तिनीहरु तृप्त हुनेछन् । ५ धन्य दयावन्तहरू किनभने तिनीहरुले दया पाउनेछन् । ६ धन्य ह्रदय शुद्ध हुनेहरु तिनीहरूले परमे्श्वरलाई देख्नेछन् । ७ धन्य मेल मिलाप गराउनेहरू किनभने तिनीहरु परमेश्वरका छोराहरू कहलाइनेछन् । ८ धन्य धार्मिकताका निम्ति सताइनेहरू किनभने स्वर्गको राज्य तिनीहरुको हो ।
तिमीहरूको खेदो गर्नेहरूलाई आशिर्वाद देओ । नसराप । आनन्द गर्नेहरूसँग आनन्द गर । रूनेहरूसँग रोओ । एक अर्कासँग मिलेर बस । अभिमानी नहोओ तर नम्रहरूसँग संगत गर । कहिल्यै अहङ्कारी नहोओ । कसैलाई खराबको सट्टा खराब नगर । जुन कुरा सबै मानिसहरूका दृष्टिमा आदरणीय छ तिनमा ध्यान देओ । हुनसक्छ भने सबैसँग शान्तिमा बस । प्रिय हो आफैले कहिल्यै बदला नलेओ । तर परमेश्वरको क्रोधमा छोडिदेओ । किनभने लेखिएको छ बदल लिने काम मेरो हो । म नै बदला लिनेछु परमप्रभु भन्नुहुन्छ । बरू तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई खुवाओ । त्यो तिर्खाएको छ भने त्यसलाई पानी देओ । त्यसो गर्नाले तिमीले त्यसको टाउकोमा आगोको भुङ्ग्रो थुपार्नेछौ । खराबीबाट पराजित नहोओ तर खराबीलाई भलाइले जित ।
परमेश्वरको जीवित वचन बाइबलले हामीलाई मिलापमा जिउन र मिलाप गराउनका लागि बोलाएको छ । यसरी मिलापसँग गरिएको परिश्रमले समृद्धिमा लैजान्छ । परमेश्वरको वचनलाई जीवनमा स्थान दिनाले हामी शान्तिका दूत येशूलाई पछ्याएका हुनेछौँ र हाम्रो जीवन उहाँको वचनले भरिएको हुनेछ ।
मेरो प्रार्थना यही छ कि नेपाल देशले शान्ति र समृद्धिको अनुभव गरोस् र परमेश्वरको मिलाप प्रेम शान्ति क्षमा र सहनशीलताको जीवन यस देशमा आओस् । धन्यावाद ।
डा बाल कृष्ण शर्मा
स्रोतः merogod.com
No comments
Note: Only a member of this blog may post a comment.